विकेश कुथु काठमाडौं रेजर्सका मार्की खेलाडी, प्रशिक्षकमा बालगोपाल

प्रज्जवल थापा । नेपाली राष्ट्रिय फूटबल टोली तथा त्रिभुवन आर्मी फूटबल क्लबका गोलरक्षक विकेश कुथु नेपाल सुपर लिग(एनएसएस)को फ्रेन्चाइज टिम काठमाडौं रेजर्सको मार्की खेलाडीको रुपमा अनुबन्धित भएका छन् ।

यस्तै काठमाडौंले मुख्य प्रशिक्षकको रुपमा बाल गोपाल महर्जनलाई अनुबन्ध गरेको छ । रेन्जर्सले बिहीबार पत्रकार सम्मेलन गर्दै टोलीको मार्की खेलाडी र प्रशिक्षक सार्वजनिक गरेको हो । राष्ट्रिय टोलीका गोलरक्षक विकेश १२ औं र १३ औं सागमा नेपाललाई स्वर्ण पदक जिताउदाका मुख्य खेलाडी थिए ।

यस्तै १३ औं सागमा नेपालले बाल गोपालको प्रशिक्षणमा स्वर्ण पदक जितेको थियो । यसअघि महर्जनले सन् २०१६ मा नेपाललाई बगबंन्धु गोल्डकप र एएफसी सोलिडारिटी कपको उपाधि दिलाएका थिए ।

यसअघि नै धनगढी फूटबल क्लबले विशाल राईलाई मार्की खेलाडी र नाइजेरियिन प्रशिक्षक तोपे फुजालाई मुख्य प्रशिक्षकको रुपमा अनुबन्ध गरिसकेको छ । यस्तै त्रिभुवन आर्मी फूटबल क्लबका कप्तान भरत खवास एफसी चितवनको मार्की खेलाडी रहेका छन् । चितवनको प्रशिक्षको मेघराज केसी छन् ।

ललितपुर सिटीले मार्की खेलाडीको रुपमा मनाङ मर्स्याङ्दी क्लबका अन्जन विष्टलाई अनुबन्ध गरिसकेको छ । आगामी वैशाख ११ देखि २५ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशाला हुने लिगमा ७ टोलीको सहभागिता रहनेछ ।

तस्बिर:- उदिप सिंह

Leave a Reply

Your email address will not be published. Required fields are marked *