USAID

भारत र इङ्ल्याण्डबीचको चौथो टि-२० आज


प्रज्जवल थापा । भारत र इङ्ल्याण्डबीचको चौथो टि-२० खेल आज अहमदाबादमा हुँदै छ । नरेन्द्र मोदी रंगशालामा हुने खेल नेपाली समय अनुसार बेलुकी ७:१५ बजे शुरु हुनेछ ।

पछिल्लो खेलमा भारतलाई ८ विकेटले पराजित गरेको इङ्ल्याण्डले ५ खेलको सिरिजमा २-१ को अग्रता लिइसकेको छ । आज हुने खेल जितेको खण्डमा इङ्ल्याण्डले सिरिज आफ्नो पोल्टामा पार्नेछ । त्यसैले इङ्ल्याण्ड आजको खेल जित्दै टेस्ट सिरिजमा भोगेको हारको बदला लिन चाहन्छ ।

यता भारत आजको खेल जित्दै सिरिजमा बराबरी गर्ने लक्ष्य साथ मैदान उत्रिनेछ ।

भारतको सम्भावित प्लेइङ ११:- रोहित शर्मा, केएल राहुल, इसान किसान, विराट कोहली(कप्तान), ऋषभ पन्त(विकेटकिप्पर), श्रेयस आयर, हार्दिक पाण्डय, वासिङ्टन सुन्दर, भुवनेश्वर कुमार, शार्धुल ठाकुर, युज्वेन्द्र चहाल/कुलदिप यादव

इङ्ल्याण्डको सम्भावित प्लेइङ ११:- जेसन रोए, जोस बट्लर(विकेटकिप्पर), डेविड मालन, जोनी बैर्स्ट्रो, इयोन मोर्गान(कप्तान), बेन स्टोक्स, साम कुरान/मोइन अली, क्रिस जोर्डान, जोफ्रा आर्चर, मार्क वुड, अदिल रसिद


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *