USAID

च्याम्पियन्स लिगमा आज चेल्सी र एथ्लेटिको म्याड्रिड भिड्दै


प्रज्जवल थापा । युईएफए च्याम्पियन्स लिग अन्तर्गत आज हुने अन्तिम १६ को दोस्रो लेगमा इङ्लिस टोली चेल्सीले स्पेनिस क्लब एथ्लेटिको म्याड्रिडको सामना गर्दैछ । स्ट्रामफोर्ड ब्रिजमा हुने खेल नेपाली समय अनुसार राति १:४५ बजे शुरु हुनेछ ।

आजको खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । क्वाटरफाइनल प्रवेशको लागि चेल्सीलाई घरेलु मैदानमा हुने खेलमा बराबरीको नतिजा पर्याप्त हुनेछ । पहिलो लेगमा चेल्सीले एथ्लेटिको म्याड्रिडलाई १-० गोल अन्तरले पराजित भएको थियो । पछिल्लो ५ खेलमा चेल्सी अपराजित रहेको छ ।

यता एथ्लेटिको म्याड्रिडलाई क्वाटरफाइनल प्रवेश लागि स्पष्ट जितको आवश्यकता रहेको छ । एथ्लेटिकोले पछिल्लो ५ खेलमा २ जित, २ हार र एक बराबरको नतिजा निकालेको थियो । दुई टोलीबिच भएको पछिल्लो ६ खेलमा दुवै टोलीले दुई/दुई खेल जितेका छन् ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *