USAID

म्यान्चेस्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा


प्रज्जवल थापा । इङ्लिस क्ल्ब म्यान्चेस्टर सिटी युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको अन्तिम १६ को दोस्रो लेगमा सिटीले मोन्चेनग्लाडबकलाई २-० ले तथा समाग्रमा ४-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदान इतिहाद रंगशालामा भएको खेलमा सिटीलाई जित दिलाउन केभिन डि ब्रुयन र इल्के गुन्डोगानले एक/एक गोल गरे । खेलको १२ औं मिनेटमा माहेरेजको पासमा डि ब्रुयनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । १८ औं मिनेटमा फोडेनको पासमा गुन्डोगानले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए ।

बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा सिटीले समाग्रमा ४-० गोलको नतिजा निकाल्दै क्वाटरफाइनलको टिकट काटेको हो । पहिलो लेगमा सिटीले बोरुसियालाई २-० गोलले पराजित गरेको थियो ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *