USAID

इङ्ल्याण्डको जितमा बट्लर नायक


प्रज्जवल थापा । ओपनर ब्याट्सम्यान जोस बट्लर आक्रमक ब्याटिङ गरेपछि भारतविरुद्वको तेस्रो टि-२० खेलमा इङ्ल्याण्डले जित हात पारेको छ । मंगलबार राति सम्पन्न खेलमा इङ्ल्याण्डले भारतलाई ८ विकेटले पराजित गरेको हो ।

जितसँगै इङ्ल्याण्डले ५ खेलको सिरिजमा २-१ को अग्रता लिएको छ । अहमदाबादमा भएको खेलमा १५७ रनको विजयी लक्ष्य पछ्याएको इङ्ल्याण्डले १८.२ ओभरमा २ विकेट गुमाउँदै १५८ रन बनाएर लक्ष्य भेट्टायो । इङ्ल्याण्डको लागि जोस बट्लरले सार्वधिक ८३ रन जोडे । उनले ५२ बलमा ५ चौका र ४ छक्का प्रहार गरे । यस्तै जोनि बैर्स्ट्रोले २८ बलमा ५ चौकाको मद्दतमा ४० रन जोड्दै नटआउट रहे । यसअघि अर्का ओपनर जेसन रोए ९ र डेविन मलान १८ रन बनाएर आउट भएका थिए ।

भारतको लागि वासिङ्टन सुन्दरले ४ ओभर बलिङ गर्दै २६ रन दिएर एक विकेट लिए । यस्तै युज्वेन्द्र चहाललेपनि ४ ओभर बलिङ गर्दै ४१ रन खर्चेर १ विकेट लिए ।

यसअघि नरेन्द्र मोदी रंगशालामा भएको खेलमा टस हारेर ब्याटिङ गर्न उत्रिएको भारतले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५६ रन जोडेको थियो । भारतको लागि कप्तान विराट कोहलीले सार्वधिक ७७ रन प्रहार गर्दा अन्य ब्याट्सम्यानले गतिलो स्कोर बनाउन सकेनन् । विराटले ४६ बलमा ८ चौका र ४ छक्का प्रहार गरे । यस्तै ऋशव पन्तले २५, हार्दिक पाण्डयले १७ र रोहित शर्माले १५ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् ।

इङ्ल्याण्डको लागि मार्क वुडले ४ ओभर बलिङ गर्दै ३१ रन खर्चेर ३ विकेट लिए । क्रिस जोर्डानले ४ ओभर बलिङ गर्दै ३५ रन दिएर २ विकेट लिए । दुई टोलीबिचको चौथो टि-२० खेल बिहिबार हुनेछ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *