USAID

एटलान्टालाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा


प्रज्जवल थापा । स्पेनिस क्लब रियल म्याड्रिड युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति घरेलु मैदानमा भएको अन्तिम १६ को दोस्रो लेगमा एटलान्टालाई ३-१ ले तथा समाग्रमा ४-१ गोल अन्तरले पराजित गर्दै म्याड्रिड क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

अल्फ्रेडो स्टेफेनोमा भएको खेलमा म्याड्रिडलाई जित दिलाउन करिम बेन्जिमा, सेर्जियो रोमस र मार्को एसेन्सियोले एक/एक गोल गरे । एटलान्टाको लागि लुइस मुरिएलले गरेको गोल सान्तवना गोलमा सिमित रह्यो । ३४ औं मिनेटमा लुका मोड्रिकको पासमा बेन्जिमाले गोल गर्दै म्याड्रिडलाई खेलमा अगाडि बढाएका थिए । पहिलो हाफमा एक गरेको म्याड्रिडले दोस्रो हाफमा थप दुई गोल गर्यो ।

६० औं मिनेटमा सेर्जियो रोमसले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए । विपक्षी खेलाडीले भिनिसियसलाई पेनाल्टी क्षेत्रमा लडाएपछि रियलले पेनाल्टी पाएको थियो । ८३ औं मिनेटमा लुइस मिरले गोल गर्दै एटलान्टालाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर ८५ औं मिनेटमा लुकासको पासमा एसेन्सियोले गोल गर्दै रियललाई ३-१ तथा समाग्रमा ४-१ गोलको जित दिलाए ।

पहिलो लेगमा रियलले एटलान्टालाई १-० गोलले पराजित गरेको थियो । पछिल्लो दुई सिजनमा रियल म्याड्रिड अन्तिम १६ बाटै बाहिरिएको थियो ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *