प्रज्जवल थापा । भारत र इङ्ल्याण्डबिचको तेस्रो टि-२० खेलमा इङ्ल्याण्डले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
नरेन्द्र मोदि रंगशालामा हुने खेल जित्दै दुवै टोलीले सिरिजमा अग्रता लिन चाहन्छन् । दुई टोलीबिच भएको पहिलो टि-२० खेलमा इङ्ल्याण्ड ८ विकेटले विजयी भएको थियो भने दोस्रो खेलमा भारतले ७ विकेटले जित्दै सिरिजमा बराबरी गरेको थियो ।
भारतको प्लेइङ ११:- रोहित शर्मा, केएल राहुल, इसान किसान, विराट कोहली(कप्तान), ऋषभ पन्त(विकेटकिप्पर), श्रेयस आयर, हार्दिक पाण्डय, वासिङ्टन सुन्दर, भुवनेश्वर कुमार, शार्धुल ठाकुर, युज्वेन्द्र चहाल,
इङ्ल्याण्डको प्लेइङ ११:– जेसन रोए, जोस बट्लर(विकेटकिप्पर), डेविड मालन, जोनी बैर्स्ट्रो, इयोन मोर्गान(कप्तान), बेन स्टोक्स, साम कुरान, क्रिस जोर्डान, जोफ्रा आर्चर, मार्क वुड, अदिल रसिद
तस्बिर:- आईसीसी
