प्रज्जवल थापा । भारत र इङ्ल्याण्डबीचको तेस्रो टि–२० खेल आज अहमदाबादमा हुँदैछ । नरेन्द्र मोदी रंगशालामा हुने खेल नेपाली समय अनुसार बेलुकी ७ः१५ बजे शुरु हुनेछ ।
दुई टोलीबीच भएको पहिलो टि–२० खेलमा इङ्ल्याण्ड ८ विकेटले विजयी भएको थियो भने दोस्रो खेलमा भारतले ७ विकेटले जित्दै सिरिजमा बराबरी गरेको थियो । आज हुने खेल जित्दै दुवै टोलीले सिरिजमा अग्रता लिन चाहन्छन् ।
भारतको सम्भावित प्लेइङ ११ः– इसान किसान, रोहित शर्मा, विराट कोहली(कप्तान), श्रेयस आयर, ऋषभ पन्त(विकेटकिप्पर), शुर्यकुमार यादव, हार्दिक पाण्डय, वासिङ्टन सुन्दर, भुवनेश्वर कुमार, शार्धुल ठाकुर, युज्वेन्द्र चहाल,
इङ्ल्याण्डको सम्भावित प्लेइङ ११ः– जेसन रोए, जोस बट्लर(विकेटकिप्पर), डेविड मालन, जोनी बैर्स्ट्रो, इयोन मोर्गान(कप्तान), बेन स्टोक्स, साम कुरान, क्रिस जोर्डान, जोफ्रा आर्चर, टोम कुरान, अदिल रसिद ।
