प्रिमियर लिगमा लिभरपुल विजयी

प्रज्जवल थापा । इङ्लिस प्रिमियर लिगमा साविक विजेता लिभरपुल विजयी भएको छ । सोमबार राति भएको खेलमा लिभरपुलले वोल्भ्सलाई १-० गोलले पराजित गरेको हो ।

लिभरपुललाई जित दिलाउन डिएगो जोटाले निर्णायक गोल गरे । पहिलो हाफको अतिरिक्त समयको दोस्रो मिनेटमा मानेको पासमा जोटाले गरेको गोल नै लिभरपुलको जितमा निर्णायक बन्यो ।

जितसँगै लिभरपुल २९ खेलमा ४६ अङ्क जोड्दै लिगको छैटौं स्थानमा उक्लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *