प्रज्जवल थापा । रियल म्याड्रिडका स्ट्राइकर इडेन हाजार्ड फेरि घाइते भएका छन् । क्लबले सोमबार विज्ञप्ति जारि गर्दै हाजार्डले दाहिने खुट्टामा चोट बोकेको जनाएको हो ।
चोटसँगै हजार्ड कम्तिमा एक महिना बाहिर रहनेछन् । सन् २०१९ मा हजार्ड इङ्लिस क्लब चेल्सीबाट युरो १ सय ५० मिलियनमा म्याड्रिड भित्रिएका थिए । मसल इन्जुरीको कारण झण्डै एक महिना बाहिर रहेका हजार्डले गत हप्ता इल्चेविरुद्वको खेलमा पुनरागमन गरेका थिए । हाजार्डले शनिबार इल्चेविरुद्व वैकल्पिक खेलाडीको रुपमा मैदान छिर्दै १५ मिनेटमा खेलेका थिए ।
३० वर्षिय हजार्डले दुई वर्षको अन्तरालमा ११ पटक चोट बोकिसकेका छन् । उनले म्याड्रिडको जर्सीमा ३६ मात्र खेल खेलेका छन् भने चोटको कारण ५० खेल गुमाईसकेका छन् ।
