इन्टर मिलानको विजयी यात्रा निरन्तर

प्रज्जवल थापा । इटालियन लिग सिरि ए मा इन्टर मिलानले आफ्नो विजयी यात्रालाई निरन्तरता दिएको छ । आइतबार राति भएको खेलमा इन्टरले टोरिनोमाथि २-१ गोलको संघर्षपुर्ण जित निकालेको हो ।

इन्टर मिलानलाई जित दिलाउन रोमेलु लुकाकु र लौटारो मार्टिनेजले एक/एक गोल गरे । टोरिनोको लागि एन्टोनियो सानाब्रियाले गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरी सकिएको खेलको ६२ औं मिनेटमा लुकाकुले पेनाल्टीमा गोल गर्दै मिलानलाई खेलमा अगाडि बढाएका थिए । ७० औं मिनेटमा सानाब्रियाले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा ल्याएका थिए ।

तर खेलको ८५ औं मिनेटमा सान्चेजको पासमा मार्टिनेजले गोल गर्दै इन्टर मिलानलाई २-१ गोलको जित दिलाएका थिए । जितसँगै मिलान २७ खेलमा ६५ अङ्कको साथ शिर्ष स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *