तरुण दलद्वारा खेलाडी सम्मान

काठमाडौं । गणेशमानसिंहको १०६ औँ जन्मजयन्तीका अवसरमा आयोजित फुट्सल प्रतियोगितामा दोस्रो हुने नेपाल तरुण दल क्षेत्र नं ८ का खेलाडीलाई सम्मान गरिएको छ ।

‘एचडी थर्टीन ग्रुप’(इन्टरनेट सेवा प्रदायक फ्रेन्चाइजवाइफाइ एचडी) ले एक कार्यक्रमको आयोजना गरेर खेलाडीलाई कदरपत्र तथा दोसल्ला ओढाएर सम्मान गरेको हो । नेपाल तरुण दल क्षेत्र नं १ ले आयोजना गरेको प्रतियोगितामा नौ समूह सहभागी थिए ।

संविधानसभा सदस्य राज्यलक्ष्मी श्रेष्ठले वरिष्ठ राजनीतिज्ञ सिंहको स्मरणमा आयोजित उक्त कार्यक्रम महत्वपूर्ण रहेको उल्लेख गर्दै खेलाडी तथा खेल पदाधिकारीको योगदानलाई समाजमा फैलाउन खाँचो रहेको बताइन् ।

तरुण दल १३ एकाइका अध्यक्ष सुवोधप्रसाद प्रधानले समकालीन राजनीतिका अदर्श पुरुष सिंहले मुलुकमा प्रजातन्त्र स्थापना तथा जनताको सामाजिक न्याय, आर्थिक रुपान्तरण गर्न गरेका योगदानलाई चिरस्थायी बनाउन उनको नामबाट गरिने खेलकूद, सामाजिक, राजनीतिकलगायत गतिविधिले सहयोग गर्ने विश्वास व्यक्त गरे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *