फरुवा प्रहार गरी श्रीमानको हत्या

  • 1
    Share

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–६ भुरकोटकी एक महिलाले फरुवा प्रहार गरी आफ्नै श्रीमानको हत्या गरेकी छन् । आज बिहान २८ वर्षीया वसन्ती चौधरीले ३० वर्षीय श्रीमान् ओमकुमार चौधरीको फरुवा प्रहार गरी हत्या गरेकी प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले घरायसी विवादमा वसन्तीले फरुवा प्रहार गरेको भन्ने बुझिएको जानकारी दिए । “बिहान ५ बजे घटनाबारे जानकारी पाएपछि प्रहरीको टोली पुगेको छ”,उनले भने, “फरुवा प्रहार गर्ने वसन्तीलाई नियन्त्रणमा लिइएको छ ।

टाउकोमा चोट लागेको अवस्थामा शव घरभित्रै फेला परेको छ ।” यसैबीच घरायसी विवादमा बुहारी र नातिले कुटपिट गर्दा घाइते भएका भीमदत्त नगरपालिका–२ का ७६ वर्षीय प्रेम थापाको उपचारका क्रममा मृत्यु भएको छ ।

कुटपिट गर्ने ३५ वर्षीया सीता थापा र उनका १८ वर्षीय छोरा अर्जुन थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत माघ २८ गते दुवै जनाले वृद्धमाथि कुटपिट गरेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।


  • 1
    Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *