प्रज्जवल थापा । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपिएल)–२०२१ को अक्सनमा ‘अनसोल्ड’ भएका छन् । चेन्नईमा जारी अक्सनमा कुनै पनि टोलीले किन्ने रुचि नराखेपछि सन्दीप अनसोल्ड भएका हुन् ।
अक्सनमा सन्दीपको न्युनतम मूल्य ४० लाख भारु रहेको थियो । अन्तिम समयमा कुनै टोलीले आग्रह गरेको खण्डमा सन्दीप फेरि अक्सनमा आउन सक्छन् । सन्दीपले यस अघिको तीन सिजन दिल्ली क्यापिटल्सबाट खेलेका थिए । सन् २०१८ मा सन्दीपलाई दिल्लीले २० लाख भारुमा किनेको थियो । यस सिजन दिल्लीले उनलाई रिलिज गरेको हो ।
सन्दीपले दिल्लीबाट तीन सिजनमा ९ खेल खेल्दै १३ विकेट लिएका थिए । दुबईमा भएको अघिल्लो सिजन सन्दीपले पुरै समयमा बेन्चमा बिताएका थिए ।
