महिला लिग: आज एपिएफ र वालिङ भिड्दै

प्रज्जवल थापा । राष्ट्रिय महिला लिगमा आज विभागीय टोली नेपाल एपिएफ क्लब र वालिङ नगरपालिका स्याङ्जा भिड्दै छन् । एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो १२ बजे शुरु हुनेछ ।

लिगमा अहिलेसम्म अपराजित रहेको नेपाल एपिएफ क्लब ८ खेलमा २४ अङ्क जोड्दै लिगको शिर्ष स्थानमा छ । हालसम्म एपीएफविरुद्ध कुनै टोलीले गोल गर्न सकेका छैनन् । एपिएफले पछिल्लो खेलमा चन्द्रपुर नगरपालिकालाई ८-० गोलले पराजित गरेको थियो ।

विदेशी खेलाडीको साथ पाएको वालिङ आजको खेलमा सकारात्मक नजिता निकाल्ने लक्ष्य लिएको छ । वालिङ ९ खेलमा १४ अङ्क जोड्दै लिगको तेस्रो स्थानमा रहेको छ । वालिङले पछिल्लो खेलमा चौदण्डीगढी नगरपालिकालाई ७-१ गोल अन्तरले पराजित गरेको थियो ।

आजै एन्फा कम्प्लेक्समा हुने दोस्रो खेलमा विराटनगर महानगरपालिका मोरङ र चौदण्डीगढी नगरपालिका उदयपुर भिड्दै छन् । खेल दिउँसो ३ बजे शुरु हुनेछ ।

तस्बिर:- एन्फा

Leave a Reply

Your email address will not be published. Required fields are marked *