कोरोना सङ्क्रमणबाट कपिलवस्तुमा प्रधानाध्यापकको मृत्यु

कपिलवस्तु ।     कोरोना सङ्क्रमणका कारण कपिलवस्तुमा एक प्रधानाध्यापकको मृत्यु भएको छ।
रुपन्देहीको कन्चन गाउँपालिका गरगरे घर भई बाणगंगा नगरपालिका–१० बनकट्टीस्थित एक आधारभूत विद्यालयका प्रधानाध्यापक केशवराज काफ्लेको निधन भएको हो। उनमा माघ ३ गते कोरोना सङ्क्रमण भएको थियो।

दीर्घ रोगका बिरामीसमेत रहेका काफ्लेको काठमाडौँस्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको थियो। उपचार क्रममा बुधबार मृत्यु भएको वाणगंगा नगरपालिकाका शिक्षा अधिकृत खिमबहादुर जिसीले बताएका छन्।

उनको मृत्युपछि नेपाल शिक्षक महासंघ बाणगंगा नगरपालिकाले बिहीबार शोक बिदा दिन आग्रहसमेत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *