बहुमतको प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न पाउने महान्यायाधिवक्ता खरेलको जिकिर

काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले पाँच वर्षको कार्यकाल पूरा गर्न पाउनु वर्तमान सरकारको अधिकार भएको तर पूरा गर्न नदिइएपछि निर्वाचनमा जान लागिएको बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रीट निवेदनमाथिको सोमबार बहस गर्दै उनले संविधानमा यो विषय पनि हेर्न इजलाससमक्ष आग्रह गरे ।

प्रतिनिधिसभा विघटनविरूद्वको रिट निवेदनमाथि चौधौँ दिनको सुनुवाइमा सरकारको प्रतिरक्षा गर्दै सरकारका प्रमुख कानूनी सल्लाहकार खरेलले प्रधानमन्त्रीसँग बहुमत भएकाले पाँच वर्षको कार्यकाल भएपनि निर्वाचनमा जान सक्ने तर्क राखे । विघटनविरुद्ध कुनै पनि राजनीतिक दलबाट निवेदन नहालिएको जनाउँदै उनले यस सम्बन्धमा संविधानका सबै धारा हेरी अदालतले व्याख्या गर्नुपर्ने माग गरे ।

वर्तमान प्रधानमन्त्री सबैले स्वीकारेको प्रधानमन्त्री भएको जनाउँदै उनले ठूलो पार्टीको हैसियतले अन्य देशमा पनि भएको चलनअनुसार सरकार प्रमुखले प्रतिनिधिसभा विघटन गर्न पाउने जिकिर गरे । रिट निवेदकका तर्फबाट आइतबार बहस सकिएपछि आजदेखि सरकारी पक्षबाट बहस शुरू भएको हो । बहस जारी छ ।

यो पनि

प्रधानमन्त्रीले संसद विघटन गर्ने व्यवस्था संविधानमै छैनः महान्यायाधिवक्ता खरेल(भिडियोसहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *