ला लिगामा आज डिपोर्टिभो र रियल म्याड्रिड भिड्दै

प्रज्जवल थापा । स्पेनिस लिग ला लिगामा आज रियल म्याड्रिडले डिपोर्टिभो आल्भेसको सामना गर्दै छ । खेल नेपाली समय अनुसार राति १:४५ बजे शुरु हुनेछ ।

पछिल्लो लगातार दुई खेलमा पराजित भएको म्याड्रिड आजको खेल जित्दै विजयी पथमा फर्कन चाहन्छ । सुपर कपको पछिल्लो खेलमा रियल एथ्लेटिक बिल्बाओसँग २-१ गोलले पराजित भएको थियो भने बुधबार कोपा डेल रे अन्तर्गत भएको खेलमा म्याड्रिड तेस्रो डिभिजनको क्लब अल्कोयानोसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । म्याड्रिड घरेलु लिगमा शिर्ष स्थानको एथ्लेटिको म्याड्रिड भन्दा ७ अङ्कले पछि रहँदै दोस्रो स्थानमा छ ।

सबै प्रतियोगितामा रियलले पछिल्लो ५ खेलमा मात्र १ जित निकालेको छ भने २ खेलमा पराजित हुँदा २ खेल बराबरी खेलेको थियो । रियल म्याड्रिडका प्रशिक्षक जिदानमा कोरोना संक्रमण पुष्टी भएको कारणले गर्दा आजको खेलमा उपस्थित हुने छैनन् । उनीसँगै कप्तान सेर्जियो रोमस, डानी कार्भाहल, नाचो, ओडेगार्ड, भालभार्डेले आजको खेल गुमाउनेछन् ।

यता अल्भेसपनि खराब प्रदार्शनबाट गुज्रिरहेको छ । आल्भेसले पछिल्लो ५ खेलमा १ खेलमा मात्र जित निकाल्दा ४ खेलमा पराजित भएको थियो। आल्भेस हाल १९ खेलमा १८ अङ्क जोड्दै लिगको १७ औँ स्थानमा छ ।

दुई टोलीबिच भएको पछिल्लो ९ खेलमा रियलले ७ खेल जितेको छ भने आल्भेसले २ खेल जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *