काठमाडौँ । बाढी प्रभावित नागरिकको उपचारका लागि सशस्त्र प्रहरीको एपीएफ अस्पतालमा १ सय शैया र स्वास्थ्यकर्मीको टोली तयारी हालतमा राखिएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल दंगा नियन्त्रण रेजिमेन्ट कीर्तिपुरबाट ३ प्लटुन सुरक्षाकर्मी काठमाडौस्थित त्रिभुवन विमानस्थलमा तयारी अवस्थामा राखिएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. २० बिपद् उद्दार उपत्यका गण बाट ४५ जनाको टोली नुवाकोटको लागि पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
