प्रज्जवल थापा । युभेन्टसले इटालियन सुपर कपको उपाधी जितेको छ । बुधबार राति भएको खेलमा युभेन्टसले नेपोलीलाई २-० गोल अन्तरले हराउदै सुपर कपको उपाधी आफ्नो पोल्टामा पारेको हो ।
युभेन्टसलाई जिताउन क्रिस्टियानो रोनाल्डो र अल्भारो मोराटाले एक/एक गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । खेलको ६४ औँ मिनेटमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले गोल गर्दै युभेन्टसलाई खेलमा अगाडि बढाएका थिए । यस गोलसँगै रोनाल्डो विश्व फुटबलको इतिहासमा सार्वधिक आधिकारिक गोल(७६०) गर्ने खेलाडी बनेका छन् ।

यस्तै ८० औँ मिनेटमा इसिग्ने पेनाल्टीमा चुक्दा नेपोलीले खेलमा बराबरी गर्ने मौका गुमाएको थियो । अतिरिक्त समयको अन्तिम मिनेटमा कौड्राडोको पासमा मोराटाले गोल गर्दै युभेन्टसलाई २-० गोलको जित दिलाए । यससँगै युभेन्टसले सुपर कपको उपाधी नवौं पटक जितेको हो ।
