टिमुरेमा ड्युटीमा खटिएको सशस्त्र प्रहरीको टोली सम्पर्कविहीन

काठमाडौं । रसुवाको टिमुरे क्षेत्रमा ड्युटीमा खटिएको सशस्त्र प्रहरी बलको टोली सम्पर्कविहीन भएको छ ।

बाढीका कारण सञ्चार सम्पर्क प्रभावित भएपछि टोलीसँग सम्पर्क हुन नसकेको सशस्त्र प्रहरीले जनाएको छ । सञ्चार सेवा अवरुद्ध रहेकाले घटनाको विस्तृत विवरण प्राप्त गर्न कठिनाइ भइरहेको बताइएको छ ।

यसैबीच, टिमुरे क्षेत्रमा ड्युटीमा रहेका नेपाल प्रहरीका सातजना भने सम्पर्कमा आएका छन् । उनीहरूको अवस्था तथा घटनासम्बन्धी थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

सम्पर्कविहीन सशस्त्र प्रहरी टोलीको अवस्थाबारे यकिन जानकारी प्राप्त गर्न प्रयास भइरहेको छ । प्रभावित क्षेत्रमा विपद्को अवस्था गम्भीर रहेकाले सुरक्षा निकायले आवश्यक समन्वय र उद्धार प्रयास अघि बढाइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *