इतिहास

अर्चना शर्मा

इतिहास बिरहरुको लेखिन्छ
इतिहास जितहरुको लेखिन्छ
इतिहास बैरी हराएको लेखिन्छ
इतिहास सार्बभौमसत्ता जोगाएको लेखिन्छ
कस्तो जुग आयो हे भगवान ?
आफू आफैमा लडेका छ्न
आफ्नै दाजुभाई मारेका छन
देश लुटेर खान पाईन भनेर
अर्काको खुट्टा तानेका छन
यिनको के लेखिएला इतिहास ?
के पडाई राखेको मास्टर मारे भनेर लेख्नु ?
हलो जोतिरहेकोलाई घेरामा पारे भनेर लेख्नु ?
एउटि चेली बिधवा बनाए या एउटा छोरो टुहुरो बनाए भनेर लेख्नु ?
हामी बलभद्र, भक्ती, अमर, र भीमसेनका सन्तान
हामी पृथ्वीनारायणका सन्तान
हाम्रो पनि इतिहास छ,
हाम्रो पनि बिरगाथा छ
मेरा पुर्खाले आर्जेको मुलुक हो यो
यिनका बाबुको बिर्ता होइन
तेसै तेसै रगत उम्लिन्छ
अब एउटा क्रान्ति फेरि गर्नु छ
एउटा इतिहास फेरि बनाउनु छ
जुन जनताको रगतले होइन
सुनका अक्षरले लेखियोस
क्रान्ति सकिएको भोलिपल्ट
देखि स्वर्णयुग सुरु होस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *