वन क्षेत्रमा हराएका हजुरआमा र नातिनीलाई आफन्तको जिम्मा लगाइयो

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्लाका बयर टिप्न वन क्षेत्रमा गई हराएका हजुरआमा र नातिनीलाई सशस्त्र प्रहरीले खोजतलास गरी आफन्तको जिम्मा लगाएको छ ।

सोमबार गाउँ नजिकैको वन क्षेत्रमा बयर टिप्नका लागि गएका ६५ वर्षीया धना टमटा र उनकी नातिनी छ वर्षीया तारा टमटा हराएपछि आफन्तले खोजतलासका लागि सशस्त्र प्रहरीको खल्लास्थित बोर्डर आउटपोष्टलाई गुहारेका थिए ।

आउट पोष्टमा कार्यरत सशस्त्र प्रहरीको टोलीले हजुरआमा र नातिनीलाई मङ्गलबार साँझ नेपाल–भारत सीमा नजिकको दशगजा क्षेत्रमा सकुशल फेला पारी आफन्तको जिम्मा लगाएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले जानकारी दिए ।

यसैबीच सशस्त्र प्रहरीले लाझाडी गाउँपालिका–६ चानदेउबाट मङ्गलबार एक लाख ७० हजार मूल्य बराबरको २० क्यूविक फुट सिसौको काठ, माछा र यमाहा मोटरसाइल बरामद गरेको छ । बरामद गरेको काठ सिद्धनाथ सबडिभिजन वन कार्यालयमा र अन्य सामान भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *