रुप कुमार तामाङको शब्द संगीतमा रहेको ‘सेम ह्योङ ह्योङ’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गायक रमित लामाको युट्युब च्यानल रमित लामा अफिसियलबाट गीतको भिडियो सार्वजनिक गरिएको हो ।
गायक रुप कुमार तामाङको आफ्नै शब्द ,संगीत र स्वर रहेको उक्त गीतमा गायिका सिर्जना स्याङ्तानले साथ दिएकी छन् । गायक तथा संगीतकार जोगलाल लामाको संगीत एरेन्ज रहेको गीतमा दिपेश प्रधानको मिक्सिङ रहेको छ ।
विशेष गरी तामाङ माया प्रेम जस्ता भावनात्मक कुराहरुलाई अहिलेको समय सान्दर्भिक ढंगले समावेश गीतको भिडियोमा आश्मा मोक्तान ,उतम लामा र मित्रलाल थिङको अभिनय रहेको छ । भिडियोमा रुप कुमार तामाङले निर्देशन गरेका छन् भने रमित लामाको छायाँकन रहेको भिडियोलाई कृष्ण ब्लोन र कृपा घिसिङले सम्पादन गरेका छन् ।