म्यान्चेस्टर सिटीको सहज जित

प्रज्जवल थापा । इङलिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा सिटीले न्युकेस्चल युनाइटेडलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदान इतिहाद रंगशालामा भएको खेलमा सिटीले १४ औँ मिनेटमा अग्रता लिएको थियो । रहिम स्टेर्लिङको पासना गुन्डोगानले गोल गर्दै सिटीलाई खेलमा अगाडी बढाएका थिए । ५५ औँ मिनेटमा फेरान टोरेसले गोल गर्दै सिटीकाे अग्रता दोब्बर बनाए ।

बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा म्यान्चेस्टर सिटी २-० गोलले विजयी भयो । जितसँगै सिटी १४ खेलमा २६ अङ्क जोड्दै लिगको पाँचौ स्थानमा उक्लिएको छ । पराजित न्युकेस्चल १४ खेलमा १८ अङ्क जोड्दै १२ औँ स्थानमा यथावत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *