लेस्चर र युनाइटेडको रोमाञ्चक बराबरी

प्रज्जवल थापा । इङलिस प्रिमियर लिग अन्तर्गत शनिबार बेलुकी छिटो गरि सम्पन भएको खेलमा लेस्चर सिटी र म्यान्चेस्टर युनाइटेडले रोमाञ्चक बराबरी खेलेका छन् । बक्सिङ डे को पहिलो खेलमा लेस्चर र युनाइटेडले २-२ गोलको बराबरी खेलेका हुन् ।

किङ पावर रंगशालामा भएको खेलमा घरेलु टोलीको लागि हार्भे बार्नेसले एक गोल गर्दा एक गोल उपहार पाएको थियो । युनाइटेडको लागि मार्कुस रासफोर्ड र ब्रुनो फेर्नान्डेजले एक/एक गोल गरे । खेलमा शुरुवाती अग्रता भने पाहुना टोलीले लिएको थियो । २३ औँ मिनेटमा फेर्नान्डेजको पासमा मार्कुस रासफोर्डले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।

३१ औँ मिनेटमा जेम्स मेड्डिसनको पासमा बार्नेसले गोल गर्दै लेस्चर सिटीलाई बराबरीमा ल्याएका थिए । ७९ औं मिनेटमा काभानीको पासमा फेर्नान्डेजले गोल गरेपछी युनाइटेडले खेलमा फेरि अग्रता लिएको थियो । तर ८५ औँ मिनेटमा बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका एक्सेल टुन्जेबेले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि लेस्चर खेलमा फर्कियो ।

बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल बराबरीमा सकिएको थियो । बराबरीसँगै लेस्चर २८ र युनाइटेड २७ अङ्कको साथ क्रमशः दोस्रो र तेस्रो स्थानमा यथावत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *