१७ र २० वर्ष मुनिको विश्वकप रद्द गर्ने फिफाको निर्णय

काठमाडौ । बिश्व फुटवलको सर्वोच्च निकाय (फिफा) ले सन् २०२१ मा आयोजना हुने १७ र २० वर्ष मुनिको विश्वकप रद्द गर्ने निर्णय गरेको छ । कोरोनाको कारण देखाउँदै फिफाले उमेर समुहका दुई ठुला प्रतियोगिता रद्द गर्ने निर्णय गरेको हो ।
१७ वर्ष मुनिको विश्वकप पेरु र २० वर्ष मुनिको विश्वकप ईन्डिोनेसियामा सञ्चालन गर्ने तयारी गरिएको थियो । फिफाले दुवै देशले सोही प्रतियोगिता सन् २०२३ मा आयोजना गर्ने जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *