प्रज्जवल थापा । म्यान्चेस्टर युनाइटेड र टोटेन्हाम कारबाओ कपको सेमिफाइनलमा प्रवेश गरेका छन् । बुधबार राति भएको खेलमा युनाइटेडले एभर्टनलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
युनाइटेडको जितमा एडिन्सोन काभानी र एन्थोनी मार्सियलले एक/एक गोल गरे । युनाइटेडले दुवै गोल खेलको अन्त्यमा गरेको थियो । ८८ औँ मिनेटमा मार्सियलको पासमा काभानीले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।
९० औँ मिनेटमा मार्कुस रासफोर्डको पासमा मार्सियल आफैले गोल गर्दै युनाइटेडलाई २-० गोलको जित दिलाए । यस्तै अर्को खेलमा टोटेन्हामले स्टोक सिटीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । टोटेन्हामको जितमा ग्यारेथ बेल, बेन डेभिस र ह्यारी केनले समान एक/एक गोल गरे ।

