करण केसीपनि टि-१० लिग खेल्ने

प्रज्जवल थापा । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर करण केसीपनि यस वर्षको टि-१० लिग खेल्ने भएका छन् ।

बुधबार भएको ड्राफ्टमा करणलाई पुने डेभिल्सले अनुबन्ध गरेको हो । यससँगै करणले पहिलो पटक विदेशी लिग खेल्ने पक्का भएको हो । यस सिजन टि-१० लिगमा अनुबन्ध हुने करण तेस्रो नेपाली खेलाडी हुन् । यसअघि अलराउन्डर कुशल मल्ल टिम अबुधाबी र सोमपाल कामी मराठा अरेबियन्समा अनुबन्धित भैसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *