प्रज्जवल थापा । नेपाली राष्ट्रिय क्रिकेट टोलीका बलर सोमपाल कामीले यस वर्षको टि-१० लिग खेल्ने भएका छन् ।
टि-१० लिग युएईको अबुधावीमा आगामी जनवरीबाट शुरु हुँदै छ । बुधबार भएको ड्राफ्टमा मराठा अरेबियन्सले सोमपाललाई अनुबन्ध गरेको हो । मराठा गत सिजनको विजेता टोली हो ।
गत वर्ष नेपाली टोलीका पुर्व कप्तान पारस खड्का र सन्दिप लामिछानेले टि-१० लिग खेलेका थिए ।
