मेस्सीको किर्तिमानमा बर्सिलोनाको सहज जित

प्रज्जवल थापा । कप्तान लियोनल मेस्सीको किर्तिमानी गोलमा बार्सिलोमाले सहज जित निकालेको छ । स्पेनिस लिग ला लिगा अन्तर्गत मंगलबार राति भएको खेलमा बर्सिलोनाले रियल भिल्लडोलिडलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनालाई जित दिलाउन क्लेमेन्ट लेनग्लेट, मार्टिन ब्राथवेट र लियोनल मेस्सीले गोल गरे । खेलको २१ औँ मिनेटमा लियोनल मेस्सीको पासमा लेनग्लेटले गोल गर्दै बार्सिलोनालाई खेलमा अगाडि बढाएका थिए । ३५ औँ मिनेटमा सेर्जिनो डेस्टको पासमा ब्राथवेटले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए ।

६५ औँ मिनेटमा पेड्रीको पासमा लियोनल मेस्सीले किर्तिमानी गोल गर्दै बार्सिलोनालाई सहज स्थितिमा ल्याए । यस गोलसँगै एउटै क्लबको लागि सार्वधिक गोल गर्ने खेलाडीको सुचीमा ब्राजिलियन लेजेन्ड पेलेलाई पछि पार्दै मेस्सी शिर्ष स्थानमा उक्लिएको छन् । उनले बार्सिलोनाको लागि ६ सय ४४ गोल गरिसकेका छन् ।

बाँकी समयमा थप गोल हुन नसक्दा बार्सिलोना ३-० गोलले विजयी भयो । जितसँगै बार्सिलोना १४ खेलमा २४ अङ्क जोड्दै पाँचौ स्थानमा उक्लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *