प्रज्जवल थापा । विभागिय टोली त्रिभुवन आर्मी क्लबले एएफसी क्लब लाइसेन्स पाएको छ । एसियाली फूटबल महासंघ (एएफसी) बाट लाइसेन्स पाएसँगै आर्मीले अब एएफसीले आयोजना गर्ने प्रतियोगिता पाउने भएको छ ।
एएफसी लाइसेन्स प्राप्त गर्ने आर्मी नेपालको पहिलो क्लब हो । यसअघि एएफसी लाइसेन्सको लागि मापदण्ड नपुगेको भन्दै क्लब लाइसेन्स हेर्ने एन्फाको निकायले ए डिभिजन लिगका १३ क्लबको आवेदन खारेज गरेको थियो । त्यसपछि आर्मीले राष्ट्रिय खेलकुद परिषद् (राखेपा) मा छुट्टै क्लब दर्ता गर्दै आवश्यक सम्पुर्ण मापदण्ड पूरा गरेर एएफसी लाइसेन्सको लागि योग्य बनेको हो ।
