वेस्ट हाममाथि चेल्सीको सहज जित

प्रज्जवल थापा । इङलिस प्रिमियर लिगमा चेल्सीले सहज जित निकालेको छ । सोमबार राति भएको खेलमा चेल्सीले वेस्ट हामलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीलाई जित दिलाउन टामी अब्राहामले दुई गोल गर्दा थियागो सिल्भाले एक गोल गरे । खेलको १० औँ मिनेटमा मासोन माउन्टको पासमा थियागो सिल्भाले गोल गर्दै चेल्सीलाई शुरुवाती अग्रता दिलाए ।

यस्तै ७८ औँ मिनेटमा टिमो वेर्नेरको पासमा टामी अब्राहामले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए । ८० औँ मिनेटमा चेल्सीले व्यक्तिगत दोस्रो गोल गर्दा चेल्सी ३-० गोलको सहज स्थितिमा थियो। वेस्ट हामले चेल्सीको पोस्टमा एउटापनि प्रहार गर्न सकेन।

जितसँगै चेल्सी १४ खेलमा २५ अङ्क जोड्दै पाँचौ स्थानमा उक्लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *