च्याम्पियन्स लिगमा एथ्लेटिको म्याड्रिड र बार्यन म्युनिख विजयी

प्रज्जवल थापा । युईएफए च्याम्पियन्स लिगमा स्पेनिस क्लब एथ्लेटिको म्याड्रिड र जर्मन क्लब बार्यन म्युनिख विजयी भएका छन् । समुह चरण अन्तर्गत  बुधवार राती भएको खेलमा एथ्लेटिको म्याड्रिडले साल्ज्वर्गलाई २-० गोल अन्तरले पराजित गर्दै नकआउट चराणमा प्रवेश गरेको हो ।

रेडबुल एरिनामा भएको खेलमा एथ्लेटिको म्याड्रिडलाई जित दिलाउन मारियो हेर्मोसो र यानिक कारास्कोले एक-एक गोल गरे । खेलको ३९ औँ मिनेटमा कारास्कोको पासमा मारियो हेर्मोसोले गोल गर्दै म्याड्रिडलाई खेलमा अगाडि बढाएका थिए ।

८६ औँ मिनेटमा एन्जल कोरेयाको पासमा यानिक कारास्कोले गोल गर्दै एथ्लेटिको म्याड्रिडको अग्रता दोब्बर बनाए । बाँकी समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि म्याड्रिड २-० गोल अन्तरले विजयी भएको हो ।

समुहकै अर्को खेलमा जर्मन क्लब बार्यन म्युनिखले लोकोमोटिभ मोस्कोलाई २-० गोलले पराजित गर्यो । घरेलु मैदान एल्लिनाज एरिनामा भएको खेलमा बार्यनलाई जित दिलाउन निक्लस सुल र एरिक माक्सिम चौपो मोटिङले एक-एक गोल गरे । जितसँगै बार्यन समुह विजेता बनेर नकआउट चरणमा प्रवेश गर्दा एथ्लेटिको म्याड्रिड समुह उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *