नेयमारको ह्याट्रिकमा पिएसजीको फराकिलो जित

प्रज्जवल थापा । ब्राजिलियन फर्वार्ड नेयमार जुनियरले ह्याट्रिक गरेको खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) विजयी भएको छ । बुधबार राती भएको खेलमा पिएसजीले इस्तानबुल बसाक्सेहिरलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

यस अघिनै नकआउट चरण प्रवेश गरेको पिएसजीलाई जित दिलाउन नेयमारले ह्याट्रिक पूरा गर्दा क्यालियन एम्बाफेले दुई गोल गरे । इस्तानबुलको लागि टोपालले गरेको गोल सान्त्वनामा सिमित भयो । मंगलबार भएको खेलमा रेफ्री टोलीका एक सदस्यले रंगभेदी टिप्पणी गरेको भन्दै दुवै टोलीले खेलको १५ मिनेटमा मैदान छाडेपछि यूईएफएले बुधबार नयाँ रेफ्री टोलीसहित खेल संचालन गरेको थियो ।

१५ मिनेटबाट संचालन भएको खेलमा नेयमारले २१ औँ मिनेटमा मार्को भेराटीको पासमा गोल गर्दै पिएसजीलाई खेलमा अगाडी बढाएका थिए । ३८ औँ मिनेटमा एम्बाफेको पासमा नेयमारले व्यक्तिगत दोस्रो गोल गर्दै पिएसजीको अग्रता दोब्बर बनाए । ४२ औँ मिनेटमा क्यालियन एम्बाफेले गोल गर्दा पिएसजी फराकिलो जिततर्फ अगाडी बढेको थियो ।

५० औँ मिनेटमा एन्जल डि मारियाको पासमा नेयमारले गोल गर्दै ह्याट्रिक पूरा गरे । यस्तै ५७ औँ मिनेटमा मेहमेट टोपालले गोल गर्दै इस्तानबुललाई ४-१ गोलको स्थितिमा ल्याए । तर ६२ औँ मिनेटमा डि मारियाको पासमा एम्बाफेले व्यक्तिगत दोस्रो गोल गर्दै पिएसजीलाई ५-१ गोलको फराकिलो जित दिलाए ।

जितसँगै पिएसजी ६ खेलमा १२ अङ्क जोड्दै शिर्ष स्थानमा रहेर अन्तिम चरणमा प्रवेश गरेको छ । समान अङ्क जोडेको आरबी लिपजिक दोस्रो स्थानमा रहेर अन्तिम १६ मा प्रवेश गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *