USAID

लिड्सलाई हराउँदै चेल्सी प्रिमियर लिगको शिर्ष स्थानमा

  • 1
    Share

प्रज्जवल थापा । लिड्सलाई पराजित गर्दै लण्डन क्लब चेल्सी प्रिमियर लिगको शिर्ष स्थानमा उक्लिएको छ । शनिबार राती भएको खेलमा चेल्सीले लिड्स युनाइटेडलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीलाई जित दिलाउन ओलिभिएर जिरुड, कुर्ट जौमा र क्रिस्टियन पुलिसिकले एक-एक गोल गरे । लिड्सको लागि पेट्रिक बामफोर्डले गरेको गोल सान्त्वनामा सिमीत बन्यो । खेलमा अग्रता भने पाहुना टोलीले लिएको थियो । खेलको चौथो मिनेटमा बामफोर्डको गोलमा लिड्सले अग्रता लिएको थियो ।

खेलको २७ औँ मिनेटमा रिके जेम्सको पासमा ओलिभिएर जिरुडले गोल गर्दै चेल्सीलाई बराबरीमा ल्याएका थिए । दोस्रो हाफमा चेल्सीले थप दुई गोल गर्यो । ६१ औँ मिनेटमा मेसोन माउन्टको पासमा कुर्ट जौमाले गोल गर्दै चेल्सीलाई खेलमा अग्रता दिलाए । खेलको अतिरिक्त समयको तेस्रो मिनेटमा टिमो वेर्नरको पासमा क्रिस्टियन पुलिसिकले गोल गर्दै चेल्सीलाई ३-१ गोलको जित दिलाए ।

जितसँगै चेल्सी ११ खेलमा २२ अङ्क जोड्दै शिर्ष स्थानमा उक्लिएको छ ।


  • 1
    Share
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *