आज बर्नेली र एभर्टन भिड्दै

प्रज्जवल थापा। इङलिस प्रीमियर लिगमा आज बर्नेली र एभर्टन भिड्दै छन् । ट्रफ मोरमा हुने खेल नेपाली समय अनुसार बेलुकी ६:१५ बजे शुरु हुनेछ ।

दुवै टोली लिगको पछिल्लो खेलमा पराजित भएका थिए । बर्नेली म्यान्चेस्टर सिटीसँग ५-० गोल अन्तरले पराजित भएको थियो भने एभर्टन लिड्ससँग स्तब्ध भएको थियो । त्यसैले दुवै टोली आजको खेलमा जित निकाल्न चाहन्छन् । घरेलु मैदानमा हुने खेलमा सतरात्मक नतिजा निकाल्दै बर्नेली रेलिगेसन क्षेत्रबाट बाहिर निस्किन चाहन्छ । बर्लेलीले लिगको ९ खेलमा मात्र एक खेलमा जित निकाल्न सकेको छ । हाल बर्नेली ९ खेलमा ५ अङ्क जोड्दै १९ औँ स्थानमा छ ।

यस्तै एभर्टन आजको खेल जित्दै शिर्श स्थानमा रहेको टोटेन्हामसँग अङ्क दुरी घटाउन चाहन्छ । लिगमा राम्रो शुरुवात गरेको एभर्टनले त्यही लयलाई निरन्तरता दिन नसक्दा हाल आठौँ स्थानमा छ । एभर्टनले लिगको पछिल्लो ५ खेलमा मात्र एक खेल जित्न सकेको छ ।

दुई टोलीबिच भएको अन्तिम १० खेलमा एभर्टनले ६ खेल जितेको छ भने ४ खेलमा बर्नेली विजयी भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *