रियल म्याड्रिडलाई सेभिल्लाको चुनौती

प्रज्जवल थापा । स्पेनिस लिग ला लिगामा आज साविक विजेता रियल म्याड्रिडलाई सेभिल्लाले आफ्नो चुनौती पेश गर्दै छ । खेल नेपाली समय अनुसार राती ९:०० बजे शुरु हुनेछ ।

रियल म्याड्रिडलाई आजको खेल जित्नै पर्ने दबाब छ । पछिल्लो दुई खेलमा रियल म्याड्रिड आल्भेस र शाख्तारसँग पराजित भएको थियो । त्यसैले रियल म्याड्रिड आजको खेल जित्दै विजयी पथमा फर्किन चाहन्छ । घरेलु लिगमा पछिल्लो तीन खेलमा जित निकाल्न नसकेको म्याड्रिड दुई खेलमा हार बेहोर्दा १ खेल बराबर खेलेको थियो । हाल रियल म्याड्रिड १० खेलमा १७ अङ्क जोड्दै चौथो स्थानमा छ ।

रियल म्याड्रिड आजपनी कप्तान सेर्जियो रोमसबिना मैदान उत्रिनेछ । राइट ब्याक ओर्डिओला टिममा फर्किएका छन् भने फर्वार्ड मारियानो र लुका जोभिकले आजको खेल गुमाउने छन् । यता सेभिल्लाले गत बुधबार युरोपेली च्याम्पियन्स लिगमा चेल्सीसँग लज्जास्पद हार बेहोर्नुअघी सबै प्रतियोगितागरि पाँच खेलमा अपराजित थियो । सेभिल्लाले घरेलु लिगको पछिल्लो ३ खेलमा जित निकालेको छ । त्यसैले सेभिल्ला आजको खेलमापनि त्यही लयलाई निरन्तरता दिन चाहन्छ ।

दुई टोलीबिच भएको पछिल्लो २६ भेटमा रियल म्याड्रिड १९ खेलमा विजयी हुँदा ६ खेल सेभिल्लाले जितेको छ । एक खेल भने बराबरीमा सकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *