USAID

पहिलो टि-२० मा आज भारत र अस्ट्रेलिया भिड्दै

  • 123
    Shares

प्रज्जवल थापा । अस्ट्रेलिया भ्रमणमा रहेको भारतिय क्रिकेट टोलीले आज घरेलु टोली विरुद्ध पहिलो टि-२० खेल खेल्दै छ । तीन खेलको सिरिजको पहिलो खेल मानुका ओभलमा आज दिउँसो १:५५ बजे शुरु हुनेछ ।

तीन खेलको एकदिवसीय सिरिजमा २-१ ले पराजित भएको भारत टि- २० सिरिज जित्दै पुनरागमन गर्न चाहन्छ । टि-२० सिरिजमा दिपक चहार र वासिङटन सुन्दर फर्किएसंगै भारतको बलिङ थल बलियो देखिएको छ । शिखर धवनलाई ओपनिङमा केएल राहुलले साथ दिने छन् । दुवै ब्याट्सम्यानले आईपिएलमा राम्रो प्रदर्शन गरेका थिए ।

अस्ट्रेलिया आजको खेलमा दुई महत्त्वपूर्ण सदस्य डेभिड वार्नर र प्याट कमिङ्स बिना मैदान उत्रिनेछ । वार्नर चोटको कारण बाहिरिएका हुन् भने कमिङ्सलाई टेस्ट सिरिज अगाडी विश्राम दिइएको हो । त्यसैले अस्ट्रेलियाका खेलाडीलाई वार्नर र कमिङ्सको स्थान भर्न गार्हो पर्न सक्छ ।

भारतको सम्भावित ११:- शिखर धवन, केएल राहुल (विकेटकिप्पर), विराट कोइली (कप्तान), श्रेयस आयर, मनिष पाण्डे, हार्दिक पाण्डय, रविन्द्र जडेजा, वासिङटन सुन्दर/युज्वेन्द्र चहाल, दिपक चहार, जस्प्रित बुम्रा, टि नताराजन

अस्ट्रेलियाको सम्भावित ११:– एरोन फिंन्च (कप्तान), माथेउ वाडे, स्टिभ स्मिथ, एलेक्स केरि (विकेटकिप्पर), ग्लेन म्याक्सवेल, मर्कुस स्टोइनिस, एश्टोन अगार, अन्ड्रिउ टाई/मिट्चेल स्टार्क, जोश हज्लेवुड, एडम जाम्पा, सेन एब्बोट


  • 123
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *