टोटेन्हाम युरोपा लिगको नकआउट चरणमा

प्रज्जवल थापा । इङलिस क्लब टोटेन्हाम युईएफए युरोपा लिगको नकआउट चरणमा प्रवेश गरेको छ । बिहिबार राती भएको खेलमा लास्कसँग ३-३ गोलको बराबरी खेल्दै टोटेन्हामले नकआउट चरणमा आफ्नो स्थान पक्का गरेको हो ।

लास्कको मैदान लेन्जेर रंगशालामा भएको खेलमा ४२ औँ मिनेटमा थोमस गोइगिन्गेरको पासमा पिटेर मिचोर्लले गोल गर्दै घरेलु टोलीलाई खेलमा अगाडी बढाएका थिए । ४५ औँ मिनेटमा गेरेथ बेलले पेनाल्टीमा गोल गर्दै टोटेन्हामलाई बराबरीमा ल्याए । विपक्षी खेलाडीले पेनाल्टी बक्समा हेन्ड गरेपछि पाएको पेनाल्टीमा बेलले गोल गरेका हुन् ।

५६ औँ मिनेटमा डोम्बेलेको पासमा ह्युङ मीन सनले गोल गर्दै पाहुना टोलीलाई खेलमा अग्रता दिलाएका थिए । तर ८४ औँ मिनेटमा एन्ड्रेस एन्ड्रादेले गोल गर्दै लास्कमा बराबरीमा ल्याए । ८७ औँ मिनेटमा डेल अलीले खेलको दोस्रो पेनाल्टीमा गोल गर्दै टोटेन्हामलाई फेरि अग्रता दिलाए । विएसिन्गेरले बेर्गिविज्नलाई लडाएपछी स्पर्सले पेनाल्टी पाएको थियो । खेलको अतिरिक्त समयको तेस्रो मिनेटमा लास्का रान्टीको पासमा करामोकोले गोल गरेपछि टोटेन्हाम बराबरीमा रोकिएको हो ।

समुहको अर्को खेलमा रोयल एन्ट्वेर्पले लुडोगोरेट्सलाई ३-१ गोल अन्तरले पराजित गर्यो । यस समुहबाट एन्ट्वेर्प र टोटेन्हाम नकआउत चरणमा प्रवेश गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *