USAID

आर्सनलको विजयी यात्रा जारी

  • 1
    Share

प्रज्जवल थापा । लण्डन क्लब आर्सनलले युरोपा लिगमा अपराजित यात्रालाई निरन्तरता दिएको छ । बिहिबार राती भएको खेलमा आर्सनलले रापिड विनलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदान इमिरेट्स रंगशालामा भएको खेलमा आर्सनललाई जित दिलाउन एलेसान्द्रे लाकाजेट, पाब्लो मारी, इडवार्ड एनकेइथ र इमिल स्मिथ रोइले गोल गरे । रापिडका कोया किटागावाले गरेको गोल सान्त्वना गोलमा सिमित भयो । खेलको १० औँ मिनेटमा लाकाजेटले गोल गर्दै आर्सनललाई अग्रता दिलाए । १८औँ मिनेटमा नेल्सनको पासमा पाब्लो मारीले गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाए ।

४४ औँ मिनेटमा इडवार्ड एनकेइथले गोल गर्दा आर्सनलले खेलमा ३-० गोलको अग्रता लिएको थियो । ४७ औँ मिनेटमा कोया किटागावाले गोल गर्दै रेपिडलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर ६६ औँ मिनेटमा माइटल्यान्ड निलेसको पासमा स्मिथ रोइले गोल गर्दै आर्सनललाई ४-१ गोलको सानदार जित दिलाए ।

जितसँगै आर्सनल ५ खेलमा सतप्रतिशत जित निकाल्दै १५ अङ्कको साथ शिर्ष स्थानमा छ । मोल्डे ५ खेलमा ९ अङ्क जोड्दै तेस्रो स्थानमा रहँदा रेपिड विन समान खेलमा ६ अङ्क जोड्दै तेस्रो स्थानमा छ ।


  • 1
    Share
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *