जिरुउडको चार गोलमा चेल्सीको फराकिलो जित

प्रज्जवल थापा । फ्रान्सेली फर्वार्ड ओलिभर जिरुउडले चार गोल गरेपछि युईएफए च्याम्पियन्स लिगमा इङलिस क्लब चेल्सीले फराकिलो जित निकालेको छ । बुधबार राती भएको खेलमा चेल्सीले स्पेनिस क्लब सेभिल्लालाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

सेभिल्लाको घरेलु मैदानमा भएको खेलमा चेल्सीले पहिलो हाफमा एक गोल गर्द दोस्रो हाफमा तीन गोल गरेको थियो । खेलको छैटौँ मिनेटमा काइ हार्भटजको पासमा ओलिभर जिरुउडले गोल गर्दै चेल्सीलाई खेलमा अगाडी बढाएका थिए । ५४ औँ मिनेटमा माटियो कोभासिकको पासना जिरुउडले व्यक्तिगत दोस्रो गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर बनाए ।

७४ औँ मिनेटमा कान्टेको पासमा जिरुउडले गोल गर्दै ह्याट्रिक पूरा गर्दा चेल्सी फराकिलो जित तर्फ अगाडी बढेको थियो । ८३ औँ मिनेटमा जिरुउडले पेनाल्टीमा व्यक्तिगत चौथो गोल गरे । बाँकी समयमा थप गोल हुन नसक्दा चेल्सीले ४-० गोलको फराकिलो जित निकाल्यो । जितसँगै चेल्सी ५ खेलमा १३ अङ्क जोड्दै शिर्ष स्थानमा यथावत छ । यस समुहबाट चेल्सी र सेभिल्ला नकआउट चरणमा पुगिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *