USAID

नेयमार चम्किदा युनाइटेडमाथी पिएसजीको सानदार जित

  • 2
    Shares

प्रज्जवल थापा । ब्राजिलियन सुपरस्टार नेयमार जुनियर चम्किएको खेलमा पेरिस सेन्ट जर्मन(पिएसजी) ले इङलिस क्लब म्यान्चेस्टर युनाईटेडमाथि सानदार जित निकालेको छ । युईएफए च्याम्पियन्स लिग अन्तर्गत भएको खेलमा पिएसजीले युनाईटेडलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

बुधबार राती ओल्ड ट्राफोर्डमा भएको खेलमा पिएसजीले खेलको छैटौं मिनेटमै नेयमारको गोलमा अग्रता लिएको थियो । ३२ औँ मिनेटमा एरोन वान बिस्साकाको पासमा मार्कुस रासफोर्डले गोल गर्दै युनाइटेडलाई बराबरीमा ल्याएका थिए । ६९ औँ मिनेटमा डोएल्लोको पासमा मार्क्विन्होसले गोल गर्दै पाहुना टोलीलाई फेरि अग्रता दिलाए ।

७० औँ मिनेटमा फ्रिड दुई पहेको कार्ड खाँदै मैदान बाहिरिएपछी युनाईटेड १० खेलाडीम सिमित भएको थियो । दोस्रो हाफको अतिरिक्त समयमा राफिन्हाको पासमा नेयमारले गोल गर्दै पिएसजीलाई ३-१ गोलको सानदार जित दिलाए । समुहकै अर्को खेलमा इस्तानबुललाई लिपजिगले ४-३ गोल अन्तरले पराजित गरेको हो ।

समूह ‘एच’ मा म्यान्चेस्टर युनाइटेड, पिएसजी, लिपजिग ५ खेलमा समान ९ अङ्क जोड्दै गोल अन्तरका आधारका क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् । समुहचरणको अन्तिम खेलपछी नकआउट चरणमापुग्ने दुई टोलीको टुङ्गो लाउनेछ ।


  • 2
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *