USAID

च्याम्पियन्स लिगमा बार्सिलोनाको विजयी यात्रा जारी

  • 179
    Shares

प्रज्जवल थापा । युईएफए च्याम्पियन्स लिगमा बार्सिलोनाले विजयी यात्रालाई निरन्तरता दिएको छ । बुधबार राती भएको खेलमा बार्सिलोनाले फेरेन्सभारोसलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

पुस्कास एरिनामा भएको खेलमा बार्सिलोनाको लागि एन्टोइन ग्रिजमन, मार्टिन ब्राथवेट र ओसुमाने डेम्बेलेले एक-एक गोल गरे । बार्सिलोनाले सबै गोल पहिलो हाफमा गरेको थियो । १४ औँ मिनेटमा जोर्डी अल्बाको पासमा ग्रिजमनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

२० औँ मिनेटमा डेम्बेलेको पासमा ब्राथवेटले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । २८ औँ मिनेटमा ओसुमाने डेम्बेलेले गोल गर्दा बार्सिलोनाले खेलमा ३-० गोलको अग्रता लिएको थियो । दोस्रो हाफमा दुवै टोलीबाट गोल हुन नसक्दा बार्सिलोना विजयी भएको हो ।

जितसँगै बार्सिलोना ५ खेलमा सतप्रतिशत जित निकाल्दै १५ अङ्कको साथ शिर्ष स्थानमा छ । बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोयमानले कप्तान लियोनल मेस्सीलाई आजको खेलमा विश्राम दिएका थिए ।


  • 179
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *