USAID

च्याम्पियन्स लिगमा आज युभेन्टस र ड्यानामो किभ भिड्दै

  • 715
    Shares

प्रज्जवल थापा । युईएफए च्याम्पियन्स लिग अन्तर्गत समुहचरणको पाँचौ खेलमा आज इटालियन च्याम्पियन युभेन्टसले ड्यानामो किभको सामना गर्दै छ । खेल नेपाली समय अनुसार राती १:४५ बजे शुरु हुनेछ ।

युभेन्टस घरेलु मैदान एल्लिनाज एरिनामा हुने खेलमा जित निकाल्दै शिर्ष स्थानमा रहेर समुहचरण अन्त्य गर्ने अवसर जिवित राख्न चाहन्छ । यस समुहबाट बार्सिलोना र युभेन्टस नकआउट चरणमा प्रवेश गरिसकेका छन् । सिरि ए अन्तर्गत गत शनिबार बेनेभेन्टोविरुद्दको खेलमा विश्राम पाएका सुपरस्टार क्रिस्टियानो रोनाल्डो आजको खेलमा फर्किनेछन् । यस्तै गत शनिबार रातो कार्ड पाएका एल्भारो मोराटाले रोनाल्डोसँगै फर्वार्ड लाइनमा शुरुवात गर्ने सम्भावना छ ।

यता किभले भने यस सिजन प्रतियिगितामा जित निकाल्न सकेको छैन । समूह चरणको ४ खेलमा मात्र एक अङ्क जोडेको किभ तेस्रो स्थानमा छ । च्याम्पियन्स लिगबाट बाहिरिसकेको किभ अबको लक्ष्य युरोपा लिग खेल्ने हुनेछ । दुई टोलीबिच अक्टोबरमा भएको पछिल्लो भेटमा युभेन्टस २-० गोलले विजयी भएको थियो ।


  • 715
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *