इन्टर मिलानको पहिलो जितमा लुकाकु नायक

  • 1
    Share

प्रज्जवल थापा । बेल्जियम फर्वार्ड रोमेलु लुकाकु नायक भएपछि युईएफए च्याम्पियन्स लिगमा इन्टर मिलानले सिजनको पहिलो जित निकालेको छ । मंगलबार राती भएको खेलमा मिलानले बोरुसिया मोन्चेनग्लाडबाकलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

बोरुसिया पार्कमा भएको खेलमा इन्टर मिलानको जितमा रोमेलु लुकाकुले दुई गोल गर्दा माट्टेयो डार्मियनले एक गोल गरे । बोरुसियाको लागि एलस्साने प्लेयले गरेको दुई गोल सान्त्वना गोलमा सिमित रह्यो । खेलको १७ औँ मिनेटमा रोबेर्टो गाग्लिर्डिनीको पासमा माट्टेयो डार्मियनले गोल गर्दै पाहुना टोलीलाई खेलमा अगाडी बढाएका थिए । पहिलो हाफको अतिरिक्त समयमा लाजेरोको पासमा एल्स्साने प्लेयले गोल गर्दै मोन्चेनग्लाडबाकलाई बराबरीमा ल्याए ।

६४ औँ मिनेटमा मार्सेलोको पासमा रोमेलु लुकाकुले गोल गर्दै इन्टर मिलानलाई फेरि अग्रता दिलाए । ७३ औँ मिनेटमा हकिमीको पासमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टर मिलानको अग्रता दोब्बर बनाए । ७६ औँ मिनेटमा मार्कुस थुरामको पासमा एल्स्साने प्लेयले व्यक्तिगत दोस्रो गोल गर्दै बोरुसियालाई ३-२ गोलको स्थितिमा ल्याएका थिए । तर बाँकी समयमा थप गोल हुन नसक्दा इन्टर मिलान ३-२ गोल अन्तरले विजयी भएको हो ।

जितका बाबदुज इन्टर मिलान ५ खेलमा ५ अङ्क जोड्दै समुहको पुछारमा छ । पराजित बोरुसिया ५ खेलमा ८ अङ्क जोड्दै अङ्क तालिकाको शिर्ष स्थानमा यथावत छ ।


  • 1
    Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *