क्रिस्टियानो रोनाल्डोले जिते गोल्डेन फुट अवार्ड

प्रज्जवल थापा । पोर्चुगल तथा युभेन्टसका सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले “द गोल्डेन फुट” अवार्ड जितेका छन् ।

लियोनल मेस्सी, रोबर्ट लेवान्डोस्की र मोहमेद सलाहलाई पछि पार्दै रोनाल्डोले १८ औँ संस्करणको गोल्डेन फुट अवार्ड जितेका हुन् । प्रत्येक वर्ष मनोनयमा परेका १० खेलाडीबाट समर्थकको तर्फबाट सार्वधिक भोट ल्याउने खेलाडीलाई विजेता घोषणा गरिन्छ । यस वर्ष मेस्सी, लेवान्डोस्की, चिल्लिनी, सेर्जियो रोमस, नेयमार, सेर्जियो अग्वेरो, जेरार्ड पिके, मोहमद सलाह, अटुरो भिडालले भन्दा रोनाल्डोले बढी भोट पाएका हुन् ।

गोल्डेन फुट अवार्ड २८ वर्ष भन्दा माथिका खेलाडीलाई दिने गरिन्छ र एउटा खेलाडीले एक पटक मात्र यो अवार्ड जित्नेछन । अघिल्लो संस्करणमा रियल म्याड्रिडका लुका मोड्रिचले यो अवार्ड जितेका थिए । यस्तै युभेन्टसकै अध्यक्ष एन्ड्रिया एग्नेल्लीले पहिलो संस्करणको गोल्डेन फुट प्रेस्टिज अवार्ड जितेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *