USAID

राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण आजदेखि

  • 22
    Shares

प्रज्जवल थापा। नेपाली क्रिकेट टोलीले आजदेखी बन्द प्रशिक्षण शुरु गर्दै छ । किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपाली टिमले प्रशिक्षण सुरु गर्ने भएको हो ।

कोरोना भाईरसको महामारीको कारण गएको ९ महिना देखी ठप्प रहेको नेपाली टोलीको प्रशिक्षण आजबाट शुरु हुने नेपाल क्रिकेट संघ (क्यान) ले बताएको छ । गत शुक्रबार प्रशिक्षणमा बोलाइएका २२ खेलाडी मध्ये १६ जनाको पीसीआर परीक्षण गर्दा तीन जनामा कोरोना पोजेटिभ देखिएपछि क्यानले थप पाँच खेलाडीलाई बन्द प्रशिक्षण बोलाउने निर्णय गरेको हो । परिक्षणमा कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्र सिंह ऐरी र रोहित पौडेललाई कोरोना देखिएको हो । यसअघी बसन्त रेग्मीलाई कोरोना संक्रमण देखिएको थियो । त्यसैले क्यानले रित गौतम, अनिल शाह, कुशल भुर्तेल, बिक्रम शोब र लोकेश बमलाई बन्द प्रशिक्षणमा बोलाएको हो ।

नेपाली टिमले प्रशिक्षक जगत टमटाको नेतृत्वमा प्रशिक्षण गर्नेछ ।


  • 22
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *