स्वच्छ र निष्पक्ष निर्वाचनका लागि पूर्वपदाधिकारीसँग निर्वाचन आयोगको छलफल

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन सम्पन्न गर्ने आयोगको जिम्मेवारीलाई समयसापेक्ष रूपमा थप सुदृढ गरी पूरा गरिने बताएका छन् ।

आयोगको कार्यालयमा मंगलबार पूर्वप्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूसँगको छलफलका क्रममा उनले वर्तमान नेतृत्व सबै पूर्वपदाधिकारीसँग सल्लाह लिएर जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता जनाएका हुन् ।

निर्वाचन आयुक्त सगुनशम्शेर जबराले निर्वाचन व्यवस्थापनमा आयोगले गरेका नवीनतम् कामबारे पूर्वप्रमुख आयुक्त र आयुक्तहरूलाई जानकारी गराएका थिए ।

छलफलमा निर्वाचन व्यवस्थापनका कानुनी, प्रविधिगत तथा व्यवस्थापकीय सुधारलगायत विविध विषयमा छलफल भई समसामयिक सुधारका लागि पृष्ठपोषण प्राप्त भएको आयोगका निमित्त सचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। छलफलमा पूर्वप्रमुख आयुक्त, आयुक्त र वर्तमान आयुक्तहरूको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *