आज रियल म्याड्रिड र इन्टर मिलान भिड्दै

प्रज्जवल थापा । युईएफए च्याम्पियन्स लिग अन्तर्गत आज हुने खेलमा रियल म्याड्रिडले इन्टर मिलानको सामना गर्नेछ । सान सिरोमा हुने खेल नेपाली समय अनुसार राती १:४५ बजे शुरु हुनेछ ।

आजको खेल दुवै टोलीको लागि निकै महत्त्वपूर्ण रहेको छ । आज खेल हारेको खण्डमा अन्तिम १६ प्रवेशको लागि दुवैलाई गार्हो पर्न सक्छ । स्पेनिस टोली ३ खेलमा ४ अङ्क जोड्दै तेस्रो स्थानमा छ । यस्तै यस सिजन इन्टरले प्रतियोगितामा जित निकाल्न सकेको छैन । त्यसैलेपनी इन्टर घरेलु मैदानमा रियलविरुद्ध पहिलो जितको खोजीमा हुनेछ ।

रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले इन्टर विरुद्ध ड्र भन्दापनि जित निकाल्न खेल्ने बताएका छन् । म्याड्रिड कप्तान सेर्जियो रोमसबिना मैदानमा उत्रिनेछ । कप्तान रोमसबिना रियल म्याड्रिड च्याम्पियन्स लिगमा पछिल्लो आठ खेल मध्य सात खेलमा पराजित भएको छ । त्यसैले आज प्रशिक्षक जिदानमाथी थप चुनौती रहेको छ ।

नोभेम्बर ३ मा भएको अन्तिम भेटमा रियल म्याड्रिड ३-२ गोल अन्तरले विजयी भएको थियो । यस्तै समुहको अर्को खेलमा बोरुसियाले शात्खर डोनेटेक्सको सामना गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *